आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा प्रहरीको सक्रियता :४ किलो चाँदीको गहना सहित एक जना पक्राउ

अखिलेश कुमार यादव २०८० आश्विन ३, बुधबार (७ महिना अघि) १०१ पाठक संख्या

बारा : बारा प्रहरीले भन्सार छलेर ल्याएका ४ किलो चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका वडा नम्बर ३ बस्ने राजेश साह सोनार रहेको बारा प्रहरी प्रमुख प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।

 

चाँदीको गहना लिएर बीरगन्जबाट कलैयातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले गहना र ना १६ प ४०१६ नम्बरको मोटरसाइकल बरामद गरेको छ । बरामद भएको चाँदीका गहना कहाँबाट ल्याइएको भन्ने कुनै पनि काँगजात साहसंग नरहेको पाइएको एसपी काफ्लेले बताए । यता प्रहरीले चाँदीको गहना कहाँ बाट खरिद गरेको भनेर बिल समेत साह संग अनुसन्धानको लागि मागेको छ । प्रहरीका अनुसार बरादम भएको चाँदीको गहना बजार मुल्य अन्दाजी ५ लाख बराबरको रहेको छ ।

 

६१ किलो सुन प्रकरणमा पक्राउ परेका बारा सुन चाँदी व्यवसायी संघका अध्यक्ष शिव कुमार सराफले सिआईबिलाई बाराको र पर्साको बिभिन्न नाका भएर चाँदी र सुन अबैध रुपमा बित्रिने गरेको र अधिकांश सुन चाँदी व्यवसायीहरुले त्यस्ता सुन चाँदी खरिद बिक्रि गर्ने गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस