आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको सम्पूर्ण तयारी पुरा

अखिलेश कुमार यादव २०८० आश्विन ५, शुक्रबार (७ महिना अघि) ८७ पाठक संख्या

बारा : स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा आइतवारदेखी सिमरामा सुरु हुन लागेको अन्तर्राष्ट्रिय भेट्रान कपको तयारी पूरा भएको छ । आयोजक सिमरा भेट्रान क्लबले शुक्रबार साझ पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।

असोज ७ गते देखि १३ गते सम्म हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।सिमरा रंगशालामा आयोजना गरिने प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान सिमरा र अभिषेक चर्च रजहर (नवलपरासी) भिड्नेछन् । प्रतियोगिता संयोजक हरी चौधरीका अनुसार उद्घाटन खेल ४ बजे हुनेछ । नेपाल र अन्तराष्ट्रिय लगाएत १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ । भारतको दार्जिलिङ, कलकत्ता र बंगलादेश भेट्रान्स फूटबल क्लब (सार्क राष्ट्र) नेपालका चितवन, पर्सा, बारा, काठमाडौं, पोखरा, नवलपरासी, सिमरा भेट्रान क्लब सिमरा, विराटनगर लगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ ।

 

 

प्रतियोगितामा पहिलो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित २४ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

 

२०२० फागुन १६ मा जन्मिएकी मन्जुदेवी गुप्ताको सामाजिक महिलाको रूपमा सक्रिय रहँदै गर्दा ४४ वर्षको उमेरमा २०६४ पौष २१ गते स्वर्गारोहण भएको थियो । उनकै स्मृतिमा स्थानीय युवाको अगुवाइमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताए । सिमरामा २०७४ सालमा पहिलो भेट्रान कप सम्पन्न भएको थियो ।

 

 

 

तेस्रो अन्तराष्ट्रिय भेट्रान क्लबमा मुख्य सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय रहेको छ भने मुख्य प्रायोजकमा जगदम्बा स्टील ,प्रायोजकमा हुलास स्टील,सूर्य नेपाल,नारायणी रेलिंग्स मिल्स ,नबिल बैंक रहेको आयोजकले पत्रकार सम्मेलनमा बताएको छ ।।

प्रतिक्रिया दिनुहोस