आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महानगरको अनुमति बिना संचालन ९ वटा कलेज बन्द

एपी खबर २०८० आश्विन ९, मंगलबार (७ महिना अघि) ८८ पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा अनुमति नलिई सञ्चालनमा रहेको ९ वटा कलेज बन्द भएको छ । वीरगञ्ज महानगरपालिकाले अनुमति न लिएर संचालनमा रहेको ठहर गर्दै ति कलेजहरु बन्द गरिएको छ । प्रत्येक कलेजलाई १ लाख रुपैयाँका दरले महानगरले जरिवाना पनि गरेको छ ।

 

महानगरले संस्थागत विद्यालय नियमन समिति बनाएर गत भदौ १३ गते अनुगमन गर्दा ९ वटा कलेजले आफैं अनुमति नलिएको तर अन्य विद्यालयको अनुमति पत्रका आधारमा कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको फेला पारेको थियो । महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले ९ कलेजलाई सञ्चालनमा रोक र जरिवानाको निर्णय गरेको महानगर शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।

 

बन्द गराएका कलेजहरुमा वीरगञ्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेज रहेका छन् । महानगरपालिकाले कलेज सञ्चालनका लागि पुनः अनुमति प्रक्रिया पूरा गरेर आउन भनेको छ । बन्द गराएका कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ को अनुमति लिने विद्यालयले नै पठनपाठनको व्यवस्थापन गर्नुपर्ने महानगरपालिकाको शिक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस