आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व पर्यटन दिवसको अवसरमा सिमरा एयरर्पोटमा पर्यटककाे स्वागत

अखिलेश कुमार यादव २०८० आश्विन १०, बुधबार (७ महिना अघि) ९५ पाठक संख्या

बारा : ४४ ओैं विश्व पर्यटन दिवसको अवसरमा आज सिमरा एयरर्पोटमा बुद्धएयरबाट आएका पर्यटकहरुलाई स्वागत र सम्मान गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल र नाटा मधेश प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले काठमाडौंबाट सिमरा विमानस्थलमा बुद्धएयरको पहिलो फलाइट बाट सिमरा आएका यात्रुहरुलाई पर्यटन दिवसको अवसर पारेर अविर र खादा लगाएर सम्मान गरेको छ ।विश्व पर्यटन दिवसका अवसरमा नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेञ्ट (एनएटिटिए) ले यात्रुलाई सिमरा बिमानस्थलमा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । हरेक वर्ष पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिँदै आएको र यो वर्ष पनि पर्यटन प्रवर्धनको निम्ति जीतपुरसिमरासहित मधेसका विभिन्न पालिकाहरुमा विशेष अभियान संचालन गरिएको नाटा मधेस प्रदेश अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, सिमरा बिमानस्थल प्रमुख, जेसिस सिमरा लगाएतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस