आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महोत्तरी बाट कटुवा पेस्तोल सहित एक जना भारतीय नागरिक पक्राउ

एपी खबर २०८० आश्विन ११, बिहिबार (७ महिना अघि) ८९ पाठक संख्या

महोत्तरी । महोत्तरी बाट कटुवा पेस्तोल सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत–११ बस्ने २४ वर्षीय बलबिन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महतोलाई बुधबार बेलुकी सोनमा गाउँपालिका–५ खयरबनी चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

 

उनको साथ् बाट प्रहरीले कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थान पनि जफत गरेको छ । ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला परेको प्रहरीले बताएको छ । साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस