आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०८० आश्विन २०, शनिबार (७ महिना अघि) १२९ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकालाई कार्य क्षेत्र बनाएर कारोबार गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सिमरा स्थित थानिमाई वन उपभोक्ता समतिमा शनिवार यस संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाको १६ औं बार्षिक साधारण सभाको उद्घाटन बारा क्षेत्र न ४ का सांसद किसान श्रेष्ठ र मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नु भएको थियो ।संस्थाले चालू आर्थिक वर्षमा २ करोड ७० लाख मुनाफा गरेको संस्थाका अध्यक्ष यज्ञबहादुर आलेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।३ हजार ९ सय ७४ सेयर सदस्यहरु रहेकोछ भने संस्थाले मोबाईल बैङ्किग प्रणाली समेत लागु गरेको अध्यक्ष आलेले बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने क्रममा बताउनु भयो ।यज्ञबहादुर आलेको अध्यक्षतामा सम्पन्न साधारण सभालाई मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी, संस्थाका उपाध्यक्ष संञ्जय साह ,नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले साधारण सभाको सफलताको लागि शुभकामना दिनुभएको थियो । सभाको सञ्चालन दिपक भट्टले गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले सहकारी हातेमालो सहकारी संस्थाले नमूनायोग्य काम गरिरहेको बताए । उनले सहकारी संस्थाहरुले छरिएर रहेको पूँजीलाई एकैस्थानमा ल्याएर लगानी गरिरहेको बताउँदै सहकारीहरुले लगानीको दायरालाई बढाएर लैजानुपर्ने धारणा राखेका थिए ।संस्थाले जीतपुरसिमरा नगर क्षेत्रभित्र ६ वटा सेवा केन्द्रमार्फत आफ्ना सेयरधनी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सहकारीका व्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिनुभयो ।हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगरप्रमुख कृष्ण पौडेल,जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ का वडा अध्यक्ष तारा बहादुर कार्की, वडा न १६ का वडा अध्यक्ष हरिदेव खरेल ,संस्थाका कोषाध्यक्ष बरुण गौतम लगाएत संस्थाका कर्मचारी ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस