आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सार्वजानिक जग्गा बाट माटो खनेर वडाध्यक्षले सेजलाई बेचेको स्थानीयको आरोप

अखिलेश कुमार यादव २०८० आश्विन २०, शनिबार (७ महिना अघि) १३८ पाठक संख्या

बारा : जनप्रतिनिधिकै संलग्नतामा जीतपुरसिमरा उपमहानगरपालिकामा सार्बजनिक जग्गाको माटो उत्खनन गरेको पाइएको छ । उपमहानगरपालिका वडा न ११ मा सार्वजनिक जग्गा बाट माटो उत्खनन गरेर बेचेको समेत पाईएको छ ।उपमहानगरको अमाडार स्थित दुधौरा खोलाको छेउमा रहेको १८ बिघा १० कठा जग्गा बाट माटो उत्खनन गरेर सेजमा वडा अध्यक्ष बिन्दालाल साहले १ हजार टिपर माटो बेचेको स्थानियहरुले आरोप लगाएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाले केहि महिना पहिला आफ्नै निजि जग्गा बाट माटो उत्खनन गर्नको लागि उपमहानगर संग अनुमति लिएर मात्र उत्खनन गर्न सूचना समेत निकालेको र सोहि सूचना अनुसार वडा न ११ का महमद दिन मियाँले वडा न ११ को कार्यालयमा दिएको निबेदन अनुसार निवेदकको आमा हसिना चुहिहारको नाममा दर्ता रहेको किता न ३५ को ५ बिघा जग्गा बाट १०० टिपर माटो निकाल्ने भएकोले वडा न ११ को वडा अध्यक्ष बिन्दलाल साहले उपमहानगरलाई सिफारिस गरेको तर ३५ नम्बर किता सार्वजनिक जग्गा रहेको र त्यसको लालपूर्जा समेत न रहेको र वडाले मिलोमतोमा सिफारिस गरेको वडा न ११ का पूर्व वडा अध्यक्ष बिनोद यादवले बताए ।लालपूर्जा समेत न रहेको जग्गाको वडाले कुन आधारमा उपमहानगरलाई माटो उत्खनन गर्नको लागि सिफारिस गरेको भनेर स्थानीयहरुले शनिवार वडा कार्यालय पुगेर सभाको आयोजना गरेर वडा अध्यक्षको गलत सिफारिसको बिरोध गरेका छन् ।उपमहानगरको कार्यालयले ३५ नम्बर किता बाट १०० टिपर माटो उत्खनन गर्न अनुमति दिए पनि किता न ३५ बाट माटो उत्खनन नगरेको र किता न ४२ बाट वडाअध्यक्ष बिन्दालाल साहको रोहवरमा १ हजार टिपर माटो उत्खनन गरेर अबैध रुपमा सेजमा बिक्रि गरेको वडा न ११ का स्थानीय रामधारी चौधरीले बताए ।उनले भने वडा अध्यक्षले सार्वजनिक जग्गाको संरक्षण गर्नु को सट्टा सार्वजनिक जग्गा बाट नियम बिपरित आफ्नो रोहवरमा माटो उत्खनन गराउनु कानुन बिपरित रहेकोले माटो उत्खनन गरेन ठेकेदार र सिफारिस दिने व्यक्तिलाई कारवाही गर्नु जरुरि रहेको बताए ।

।अमाडार भएर बग्दै आएको दुधौरा खोला छेउको १८ बिघा विघा ऐलानी जग्गा वडा अध्यक्ष बिन्दालाल साहको अगुवाइमा उत्खनन भएको स्थानीयको आरोप छ । नियम विपरीत उत्खनन गर्दा ऐलनी जग्गा ५ फिटसम्म गहिरो बनेको छ ।स्थानीय धिरेन्द्र यादवले जनप्रतिनिधिले सार्वजनिक सम्पत्तिको दोहन गरेको बताउँछन् । पटक पटक उत्खननका बिषयमा स्थानीय प्रशासनलाई जानकारी दिदा चासो नदिएको उनको गुनसो छ । सो क्षेत्रमा झन्डै ५० बिघा ऐलानी जग्गा छ । वडा अध्यक्ष साहलेनै आफ्नो होहवारमा ऐलानी जग्गा बात १०० टिपरको सट्टा १ हजार टिपर माटो उत्खनन गरेर बेचेको र बेचेको बापत आएको सबै पैसा आफ्नो खल्तीमा राखेको पूर्व वडा अध्यक्ष बिनोद यादवले आरोप लगाएका छन् ।

यता वडा अध्यक्ष बिन्दालाल साहले ऐलानी जग्गा बाट माटो उत्खनन मा आफ्नो कुनै सहभागिता नरहेको र माटो उत्खननको लागि सिफारिस दिएको उपमहानगरको कर्मचारी दोषी रहेको प्रतिक्रिया दिनु भएको छ ।उपमहानगरमा निबेदन परेपछि उपमहानगरले माटो उत्खनन गर्नको लागि प्रयोग गरिएको एक्साभेटर नियन्त्रणमा लिएर ठप्प अनुसन्धान गरिरहेको उपमहानगरको कार्यालयले जनाएको छ ।माटो उत्खनन गरेर ५ फित सम्म गहिरो गरेकोले छेउमा रहेको दुधौरा पूलमा क्षति पुगेर नदिको बहावनै परिवर्तन हुने डर स्थानीयमा बढेको छ ।

प्रतिक्रिया दिनुहोस