आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराको कर्मचारीहरुको ‘पेन डाउन, सेवाग्राहीको कामकाज ठप्प

अखिलेश कुमार यादव २०८० आश्विन २१, आईतबार (७ महिना अघि) १४० पाठक संख्या

बारा : १४ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै जीतपुरसिमरा उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले पेन डाउन गरेका छन्।आईतबार कार्यालय खुल्ने समय बिहान १० देखि ५बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको जीतपुरसिमराका प्रशासन शाखाका कर्मचारी रामेश्वर बन्जाराले बताए ।

उपमहानगरपालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय प्राङ्गणमा धर्नासमेत दिएका थिए। कार्यस्थलमा रहँदा हातमा कालोपट्टी बाँधेरमा काम गरेको कर्मचारी बन्जाराले बताए । १४ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन्।संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ। जनताको सबैभन्दा नजिकको सरकार मानिने स्थानीय सरकारका कर्मचारी नै सेवा ठप्प पारेर आन्दोलन गर्दा करोडौं नागरिक सेवा पाउनबाट बञ्चित बन्नुपरेको छ । देशभरका ७५३ वटै स्थानीय निकायका कर्मचारीहरु कति राजधानी केन्द्रित आन्दोलनमा छन भने बाँकी सबै सेवा ठप्प पारेरै पालिकामै धर्नामा बसेका छन ।

प्रतिक्रिया दिनुहोस