आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

देवताल गाउँपालिकामा ७७ दिने ड्रेस मेकर तालिम सम्पन्न

अखिलेश कुमार यादव २०८० आश्विन २२, सोमबार (७ महिना अघि) १०६ पाठक संख्या

बारा : बारा जिल्लाको देवताल गाउँपालिकामा ७७ दिने ड्रेस मेकर तालीम सम्पन्न भएको छ । save for children को सहयोगमा आसमान नेपाल र एक्सन फोर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालीको सहकार्यमा खुशी परियोजना अन्तर्गत १० जना लक्षित सहभागीहरुलाई ७७ दिने (४६० घन्टे )ड्रेस मेकर तालिमको आयोजना भएको थियो ।

 

तालिअमा सहभागी १० जना लक्षित महिलाहरुलाई ड्रेस मेकर तालिकमो सास्थ साथै प्रत्येक महिना ५२ सय को दरले रासन समेत उपलब्ध गराईएको एक्सन फोर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालीको कार्यकारी निर्देशक प्रमोद साहले बताउनु भयो ।तालिममा सहभागीहरुलाई १८ किसिमको सिलाई कटाईको प्रशिक्षण दिएको थियो ।तालिममा गरिव, विपन्न, बेराजगार, महिलाहरुलाई ७७ दिने ड्रेस मेकर तालीम दिई बेरोजगारी अन्त्यगर्ने सरकारको लक्ष्य अनुसार तालिमको सुरुवात गरिएको आसमान नेपालका बरिष्ठ संयोजक अरविन्द यादवले जानकारी दिनु भएको छ ।७७ दिने ड्रेस मेकर तालिमको समापन कार्यक्रममा बोल्दै देवताल गाउँपालिकाको अध्यक्ष उदय कुमार यादवले नागरिकहरु लाई रोजगार दिनका लागि शिपयुक्त ज्ञान दिन आवस्यक रहेको र गाँउपालिका शिप युक्त तालिम दिन लागिरहेको वताउनु भएको छ ।उनले भने शिक्षाले जिवनलाई उज्यालो बनाउन्छ । सिपले मानिसलाई दक्ष बनाई रोजगारको अवसर दिने भएकोले तालिममा सहभागीहरुले समेत अवसर पाएको हुनाले देवताल गाउँपालिकाले सहभागीहरुको अवसर सफल पार्नको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

तालिम समापनमा बोल्दै देवताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नबिन श्रीवास्तवले ७७ दिन सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताउनु भयो ।७७ दिने ड्रेस मेकर तालिममा सहभागी १० जनालाई २८ हजारको दरले सिलाई कटाई मेशिन सेट समेत प्रदान गरिने आसमान नेपालका बरिष्ठ संयोजक अरविन्द यादवले बताउनु भयो ।उक्त ७७ दिने ड्रेस मेकर तालिममा देवताल गाउँपालिकाको वडा न ४ का वडा अध्यक्ष लालन यादव, आसमान नेपालका फिल्ड अभिनेक गुप्ता, एक्सन फोर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालिका फिल्ड अफिसर अशोक सराफ कार्यक्रम संयोजक रुन कुमारी चौधरी लगाएत तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस