आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरमा हुने श्री दुर्गा पुजाको तयारी पूरा, भोली ७ बजे बृहत् कलसयात्रा निकालिने

एस.एस. पटेल २०८० आश्विन २७, शनिबार (६ महिना अघि) १२४ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोली बिहान ७ बजे कसलयात्रा निकालि पुजा सुरु गरिने छ ।

 

 

भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ दिन सम्म नवरात्री पुजाको आयोजना गरिने गरिन्छ । नवरात्री पुजामा भक्तहरू ९ दिन सम्म फलफुल मात्र खाई व्रत बस्ने गर्छन ।

 

 

पत्रकार समेलनको आयोना गरि श्री दुर्गा पुजा समिति जीतपुरका अध्यक्ष सन्तोस साहले दुर्गा पुजाको तयारी पूरा भएको जानकारी गराउदै भोलि बिहान ७ बजे बृहत् कलसयात्रा निकाली पुजाको शुरूवात शुने बताउनु भयो ।अध्यक्ष साहका अनुसार यस वर्ष दशमिको दिन शान्ति टोल खेलमैदानमा रावन दहन कार्यक्रमको समेत अयाजना गरिएको छ । भोलीबाट सुरु भई ९ दिन सम्म हुने नवरात्री पुजामा दिनहु रात्रीकालिन सांस्कृतिक कार्यक्रम समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस