आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमाले बिरुधका सबै घेराबन्दी तोडन कार्यकर्ता तयार छ्न- पूर्व मन्त्री पौडेल

एपी खबर २०८० मंसिर २, शनिबार (५ महिना अघि) ६० पाठक संख्या

बारा : नेकपा एमाले सुबर्ण गाउपालिका वडा नम्बर ६ द्वारा बाराको प्रसुरामपुर बजारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले छठ पर्वको महत्व अझ बढ्दै गरेको बताउनुभयो ।

 

 

उहाँले छठ पर्व सबै जातजाति,धर्म र समुदायले मान्दै आएको बताउनुभयो । एक अर्को प्रसङमा पूर्वमन्त्री पौडेलले नेकपा एमाले वृद्धवृद्धा र किसान मजदुरको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले एमाले सरकारमा रहेका बेला राम्रो काम गरेका कारण सबै मिलेर एमालेलाई कमजोर बनाउन घेराबन्दी गरेको दाबी समेत गर्नुभयो । यस्ता घेराबन्दी तोडन एमाले र एमालेका कार्यकर्ता सक्षम र तयार रहेको ठोकुवा समेत गर्नुभयो ।

 

कार्यक्रममा केन्द्रीय सदस्यहरु बलवीर चौधरी,एकबाल मिया,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले बाराका सचिव अध्यान्द पाण्डे,एमाले नेता तथा संविधानसभाका सदस्य शिवचन्द्र कुशवाहा, श्री भगवान गिरीलगायतले बोल्नु भएको थियो । कार्यक्रममा राकेस यादबको सजिकरण र सत्पाल यादबले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस