आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा पनि राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाउन सुरु

AuthorAP Khabar२०८० मंसिर २, शनिबार (५ महिना अघि) ४६ पाठक संख्या

बारा : आन्तरिक राजस्व कार्यालय सिमराले विभिन्न कार्यक्रम गरी यस वर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० मनाउन सुरु गरेको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० को मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि देश भरी मनाईदै छ।

 

करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको उद्घाटन गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले कर कानूनको पालना गरी राजस्व सङ्कलनमा योगदान गर्नु हुने करदाता प्रति आभार व्यक्त गर्नुभयो। । उहाँले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

 

 

आन्तरिक राजस्वकार्यालय सिमरा बाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा  करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुने भएको छ । त्यस्तै आन्तरिक राजस्व कार्यालय सिमराले समयमै कर तिर्ने संस्था र उधोगलाई सम्मान समेत गरेको छ ।

 

कार्यक्रममा बोल्दै नगरउधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले उधोग करकरखाना र संघ संस्था बाट उठने करलाई कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो।स्थानिय एवं केन्द्रिय राजस्वलाई कृषि, पर्यटन खेल उधोग र ब्यपारमा जोड दिन समेत उहाँले आग्रह गर्नुभएको छ।  नगर उधोग बाणिज्य संघको समन्वयमा मंसिर ७ गते नगर उधोग बाणिज्य संघको सभाहलमा कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नगरउधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,बारा जिल्ला च्यामबर कमर्सको अध्यक्ष रुपेश पोखरेल लगाएतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस