आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको बजनिमा विशेष सास्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न

एपी खबर २०८० मंसिर ४, सोमबार (५ महिना अघि) १०१ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ३ बजनि छठिमाइ  पुजा ब्यवस्थापन समितिको आयोजनामा बिशेष सास्कृतिक कार्यक्रममा भब्यताका साथ सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथिका रुपमा जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ का वडा अध्यक्ष तथा नेकपा एमाले  का मधेस प्रधेश कमिटीका सदस्य ताराबहादुर कार्कि रहनु भएको थियो ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले छठ पर्व सत्य र न्यायको प्रतिकको रुपमा मनाउदै आएको र नेपाली जनताको बलिदानिपुर्ण  क्रान्तिबाट प्राप्त भएको संघीयता लोकतान्त्रिक गणतन्त्र माथी पुनरउथनबादी र प्रतिगामि तत्वहरु सलबलाउन खोजेकोले त्यसता जनबिरोधी तत्वको उदेश्य कहिल्यै पूरा नहुने साथै क्रान्तिबाट आएका जनताका  सरकारहरु ले भ्रष्टाचार शून्य नीति अख्तियारी गर्नुपर्ने कुरा जोड दिनुभएको थियो।

 

कार्यक्रममा राष्ट्रिय कलाकार श्री रमेश श्रेष्ठ ,श्री प्रदिप तृपाठि लगायत हास्य कलाकारका साथै स्थानिय कलाकार भाइबहिनी हरुले नृत्य प्रस्तुत गर्नुभएको थियो। सो कार्यक्रममा जनप्रतिनिधि अनिता देबि खत्री , देवनारायण चौधरी समाजसेबी  आशिष् श्रेष्ठ , तरक चिमोरिया,श्री सुशील धोदारी , गणेश थपलिया, दिपक लामा,श्री मदन तिमल्सिना , जयकिशोर चौधरी , सन्तोस कोइराला , बिशाल चौधरी , मुकेश साह , राजु घिमिरे , मेनुका साही र  बिनोद बस्नेत लगायतका पचासौं अगुवा युवाहरुको सक्रियतामा कार्यक्रम भएको थियो ।

 

 सनम  थापाको सभापतित्वमामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम सफल पार्न वडा कार्यालयले रु २५०००/- पच्चीस हजार सहयोग गर्ने निर्णय गरेको छ साथै स्थानीय बासिन्दाले समेत व्यापक रुपमा  आर्थिक सहयोग गरेको थियो। कार्यक्रमको संचालन राष्ट्रिय कलाकार श्री रमेश श्रेष्ठले गर्नुभएको थियो स्वागत वडा सदस्य तथा कार्यक्रम योजनाकार श्री देवनारायण चौधरीले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस