आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरमा स्वास्थ्यकर्मीको अभाव,सेवा लथालिङ्ग बन्दै

अखिलेश कुमार यादव २०८० मंसिर ६, बुधबार (५ महिना अघि) ९८ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर स्थित जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरको सेवा लथालिङ्ग भएको छ । उपमहानगरपालिकाले कर्मचारी सरुवा गरेको कारण अस्पतालले प्रवाह गर्ने सेवा खस्किएको छ । पहिला पनि जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरमा कर्मचारीको अभाव रहेको र अहिले उपमहानगरले कर्मचारीको सरुवा गरेपछि स्वास्थ्य सेवा लथालिङ्ग बनेको छ ।

 

जीतपुर स्वास्थ्य चौकीमा पहिला देखि ४ जना स्वास्थ्यकर्मी रहने ठाउँमा २ जना मात्र रहेको र अहिले उपमहानगरपालिकाको कार्यालयले कर्मचारी थर्काएर जीतपुर स्वास्थ्य चौकी बाट जान बाध्य गारेको जीतपुर स्वास्थ्य चौकीमा कार्यरत सीअहेव प्रबीन झाले बताउनु भएको छ ।उहाँले जेतापुर स्वास्थ्य चौकी र बर्थिङ्ग सेन्टर भएकोले यहाँ १० जना स्वास्थ्यकर्मीको आवश्यकता भए पनि उपमहानगरले प्रयाप्त स्वास्थ्यकर्मी न पठाउदा अहिले सेवा लथालिङ्ग बनेको बताउनु भयो । जीतपुर स्वास्थ्य चौकीमा कार्यरत आलोक कुमार कर्णलाई जीतपुर स्वास्थ्य चौकीले रवाना पत्र न दिए पनि उपमहानगरपालिकाले सरुवा गरे पछि अहिले स्वास्थ्य सेवा लथालिङ्ग बनेको छ ।जीतपुर स्वास्थ्य चौकीमा दरबन्दी ठप्प गर्नको लागि स्वास्थ्य चौकी र वडा कार्यालयले बारम्बार उपमहानगरको कार्यालयलाई जानकारी गराए पनि अहिले सम्म दरबन्दी ठप्प न भएको कारण स्वास्थ्य चौकीको सेवा लथालिङ्ग बनेको सिअहेव प्रबीनकुमार झाले बताउनु भयो । यता जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफुले नगरपालिकालाई बारम्बार स्वास्थ्यकर्मी ठप्प गर्नको लागि भने पनि नगरपालिकाले स्वास्थ्यकर्मी न पठाएको कारण जीतपुर स्वास्थ्य चौकी एवं बर्थिङ्ग सेन्टरको सेवा लथालिङ्ग बन्दै गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस