आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुरेन्द्र प्रधान हाजिर

अखिलेश कुमार यादव २०८० मंसिर ६, बुधबार (५ महिना अघि) १५१ पाठक संख्या

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुरेन्द्र प्रधान हाजिर भएका छन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानलाई फतुवाविजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएपछि नगरपालिकामा बुधवार प्रधान हाजिर भएका हुन ।

 

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई फतुवाविजयपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख अम्बेया खातुन लगाएत विभिन्न वडाका अध्यक्ष कार्यपालिका सदस्यहरु र नगरपालिकाका कर्मचारीहरुले भव्य स्वागत गरेको छ ।कार्यक्रममा बोल्दै नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत प्रधानले नगरको समग्र विकास र सुशासन कायम गर्नको लागि अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।
सुरेन्द्र प्रधानले फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी यो सहित तेस्रो पटक लिएका छन् । यस अघि उनले फतुवाविजयपुर नगरपालिकाको समग्र विकासमा योगदान दिएको भन्दै उनको प्रशंसा हुँदै आएको छ ।नगरप्रमुख गोपाल यादव निलम्बनमा परे पछि फतुवा विजयपुर नगरपालिका विवादित हुन् पुगेको छ ।

प्रतिक्रिया दिनुहोस