आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चौथो मेयर कप डिउज बलले हुने : गोडैता नगरप्रमुख देवेन्द्र कुमार यादव

AuthorAP Khabar२०८० मंसिर ७, बिहिबार (५ महिना अघि) ४५ पाठक संख्या

सर्लाही, गोडैता, राधेश्याम कुशवाहा । गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले अगामी बर्षमा हुने मेयर कप डिउज बलले खेलाउने बताएका छन । गोडैता नगरपालिका संचालित फाईनल खेलको समापन तथा सम्मान समारोहमा बोल्दै उहाँले स्थानिय खेलाडीहरुलाई जिल्ला स्तरिय लिगहरुमा सहभागित गराउन चालु आर्थिक बर्ष भन्दा बजेट दोबर विनियोजन गरी अझ भव्य तरिकाले मेयर कप आयोजना गराउने प्रतिबदतता व्यक्त गरे ।

 

उहाँले फाईनल मैचको कार्यक्रममा उपस्थित भईदिनु भएकोमा प्रमुख अतिथि बलराका मेयर रामाशंकर कुशवाहा लगायत फाईनल मैचलाई सफल बनाउन सहयोग गर्ने नगरका कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरुलाई समेत विशेष धन्यावद दिए । उहाँले मेयर कपमा सहभागि भएका सम्पूर्ण खेलाडीहरुलाई अगामी दिनहरुमा राम्रो प्रदर्शन गर्न कामना गर्दै विजेता टिमलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको कामना गरे ।उहाँले चौथो मेयर कपमा फाईनलमा विजेता टिमलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार नगद दिने घोषणा गरे ।

 

मेयर कपमा विजेता सिसौटिया टिमलाई गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, प्रमुख अतिथि बलराका नगरप्रमुख रामाशंकर कुशवाहाले २५ हजार नगद सहित ट्रफी, क्रिकेट किट, मेडल र प्रमाणपत्र हस्तानान्तरण गरेका थिए । उपविजेता वार्ड २ बेल्वाजब्दी टिमलाई १५ हजार ट्रफी सहित क्रिकेट किट, मेडल, प्रमाणपत्र र तेस्रो भएका वार्ड ८ का टिम १० हजार नगद सहित क्रिकेट किट, मेडल र प्रमाणपत्र वितरण गरिएको मेयर कप संयोजक राधेश्याक यादवले जानकारी दिए ।समापन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामाशंकर कुशवाहाले फाईनल खेलमा विजेता भएका सिसौटिया टिमलाई बधाई दिदै अगामी दिनहरुमा पनि बलियो तरिकाले प्रस्तुत भई चौथो मेयर कपमा विजयी हुन शुभकामना व्यक्त गरे ।

 

उहाँले मेयर कपमा सहभागिता भएका सम्पूर्ण खेलाडीहरुलाई उज्जवल भविष्यको कामना गर्दै जित हारलाई स्वभाविककै रुपमा लिन र अगामी दिनहरुमा राम्रो प्रदर्शन गर्न उहाँले आग्रह गरे ।सर्लाहीको गोडैता नगरपालिका जारी तेस्रो मेयरकपको उपाधि सिसौटियाले हात पारेको छ । गोडैता नगरपालिका वार्ड–७ स्थित श्री वेणी भोला माविको क्रिकेट मैदानमा भएको अन्तिम फाईनल खेलमा वार्ड–२ बेल्वाजब्दीलाई ८३ रनले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो ।टस जितेर ब्याटिंगका लागि निम्तो पाएका सिसौटिया टिमले निर्धारित २० ओवरमा मात्र ४ विकेटको क्षतिमा २०७ रनको विशाल स्कोर गर्न सफल भएको हो ।सिसौटिया टिमका कप्तान सवाश पंडितले कुल ६७ बल खेल्दै ११८ रनको शतकीय पारी खेलेका थिए ।

 

उहाँले ११ छक्का र १० चौका प्रहार गरेका थिए भनेविशाल रनको चेस गर्न उतरेका बेल्वाजब्दी टिम १७.५ ओवरमा १२५ रन बनाउदै अलआउट भएका थिए । बेल्वाजब्दीका लागि रामप्रताप मुखियाले ४५ रन, सदामले ३२ रन बनाएका थिए भने अन्य खेलाडीहरुले दोहोरो अंकमा समेत पुग्ने सकेन ।गोडैता नगरपालिकाका १२ वटै वडाका टिमहरु ीबच नक आउट मैच खेलाइएको थिए । उदघाटन मैच कार्तिक २७ गते जनप्रतिनिधि र कर्मचारी बिच खेलाइएका थिए । पहिलो दिनको सो मैचमा कर्मचारी विजयी भएका थिए । त्यही दिनको दोस्रो खेल वार्ड ३ र १ का बिचमा खेल्दा १ विजयी भएका थिए ।
कार्तिक २८ गते वार्ड ९ र ११ को मैचमा ११, दोस्रो खेल वार्ड ५ र ७ को मैचमा वार्ड ५ र ७ को मैचमा ७, २९ गते १० र १२ को मैचमा १०, सोही दिनको दोस्रो २ र ४ को मैचमा २ र ३० गते ८ र ६ मैचमा ८ विजयी भएका थिए । फेरी सेमिफाईनलमा वार्ड ११ र १, वार्ड ७ र २, ८ र १० बिच खेल खेलाइएको थियो । सेमिफाईनलमा विजेता भएका वार्ड ८, २ र ११ गोलाप्रथाबाट वार्ड ८ र २ र वार्ड ८ र ११ बिच खेलाउदा २ र ११ फाईनलमा पुगेको गोडैता नगरपालिकाका योजना शाखा संयोजक सुरेन्द्र पटेलले जानकारी दिए ।

 

उहाँले भने सबै खेलका मैन अप मैचलाई शिल्ड, मेडल, प्रमाणपत्र र एक बैट वितरण गरिएको हो । म्यान अफ सिरिज वार्ड ११ का कप्तान सुवाश पंडितले २६८ रन बनाउदै जितेका थिए । म्यान अफ सिरिजलाई शिल्ड, मेडल, प्रमाणपत्र र ब्याट वितरण गरिएको हो ।मेयर कपमा एसपि कुशवाहा र मदन कुशवाहाले कमेन्टी र सुवाश खडका, अहुजा अन्सारीले अम्पायरको भूमिका रहेको गोडैता नरपालिकाले जनाएको हो ।कार्तिक २७ गते मंसिर ६ गतेसम्म संचालन भएको मेयर कप गोडैता माविको क्रिकेट खेल मैदानमा खेलाईएको थियो । मेयरकपको फाईनलमा हजारौंका संख्यामा खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस