आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराको एउटा यस्तो बिद्यालय जहाँ बिद्यार्थीलाई तिर्नु पर्दैन कुनै शुल्क

एपी खबर २०८० मंसिर ८, शुक्रबार (५ महिना अघि) १३३ पाठक संख्या

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा एउटा यस्तो सरकारी बिद्यालय छ जसले बिद्यार्थी संग कुनै पनि बहानामा शुल्क लिदैंन ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा अवस्थित रहेको फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु संग बिद्यालयले कुनै पनि शुल्क न लिने गरेको पाईएको छ ।उपमहानगर भित्रको अन्य सरकारी बिद्यालयमा बिभिन्न बहाना मा बिद्यार्थी संग शुल्क लिने गरेको पाईएको छ ।

 

फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको शैक्षिक अवस्थामा अहिले पहिला भन्दा दोबर सुधार आएको छ । उक्त बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले समय समयमै बिद्यालय बाट पोशाक,ब्याग,कपि,किताब जस्ता सामाग्री समेत पाउने गरेको छ ।बिद्यार्थीको पढाईको संग संगै प्राबिधिक शिपमा पनि बिद्यार्थीलाई अगाडी बढाउनको लागि बिद्यालय अहिले लागि परेको छ ।विश्व बिज्ञान दिवसको अवसरमा फकिरा गिरि राज्श्व्र गिरि माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले गरेको बिज्ञान प्रदर्शनीले प्रष्ट भएको छ सरकारी बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुले पनि निजि बिद्यालयमा अध्यनरत बिद्यार्थीहरु जस्तै प्रतिभाशालि हुन्छ ।

 

फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको अध्यक्ष सुनिल गुप्ता आए देखी नै फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको खस्किदै गरेको शैक्षिक अवस्थामा अहिले धेरै सुधार आएको छ ।सामुदायिक बिद्यालयले कुनै पनि बहानमा बिद्यार्थी संग शुल्क न लिन निर्देशन गरे लगतै हामीले बिद्यार्थीहरु संग कुनै किसमको शुल्क न लिने गरेको प्रधानध्यापक राजु सिंहले बताए ।उनले पहिला भन्दा अहिले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको शैक्षिक अवस्थामा सुधार आएको बताए ।

 

अहिले बिद्यालयले पढाईको साथ् साथै बिद्यार्थीहरुको मनोरंजनका लागि समेत बिभिन्न किसिमको कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।समय समयमा बिद्यालयले बिद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता लगाएत अन्य प्रतियोगिता आयोजना गर्ने गरेको छ ।फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको शिक्षिक अवस्थामा सुधार आए पछि अहिले बिद्यार्थीको समेत भिड बढेको छ ।

प्रतिक्रिया दिनुहोस