आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कंचनपुर दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा सम्पन्न

अखिलेश कुमार यादव २०८० मंसिर ९, शनिबार (५ महिना अघि) ५३ पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २० कंचनपुरमा रहेको कंचनपुर दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा न २० का वडाध्यक्ष रसुल मिया अन्सारी रहनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका अन्सारीले दुग्ध सहकारी संस्थाहरु किसानसँग जोडिएका संस्था भएकाले शेयर सदस्य कृषकहरुका हकहितका लागि काम गर्नुपर्ने बताउनुभएको थियो । त्यसतै उहाँल सम्पूर्ण किसान एकजुट हुनुपर्नेमा जोड दिदैं किसानको मांग समबन्धमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।१७ औं साधारण सभामा कंचनपुर दुग्ध सहकारी संस्था अध्यक्ष लेखनाथ खनाल प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा खनालले दुग्ध उत्पादक कृषकहरुको हकहित र पशुपालनको अवस्था र कृषकहरुको आर्थिक उन्नति कसरी गर्ने भन्ने विषयमा एकिकृत भई निति निर्माण गर्ने बताउनुभएको थियो ।लेखा संयोजक चन्द्रकान्त पाध्याले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।कंचनपुर दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभामा बिबिध क्षेत्रका ७ जना किसानलाई सम्मानित समेत गरेको छ ।त्यस्तै संस्थाका ३ जना कर्मचारी सहित वडा अध्यक्ष रसुल मिया अन्सारीलाई मायाको चिनो प्रदान गरेको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, शेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस