आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनुमती बिना नै सामाग्री उत्पादन गर्दै नेपाल स्टोनेक्स प्राली

AuthorAP Khabar२०८० मंसिर १०, आईतबार (५ महिना अघि) ९१ पाठक संख्या

बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ रमौलीमा रहेको नेपाल स्टोनेक्स प्रालिले अनुमति बिना नै सामाग्री उत्पादन गरिरहेको पाईएको छ । नेपाल स्टोनेक्स प्रालिले जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयको अनुमति बिनानै सामाग्री उत्पादन गरिरहेको भेटिएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला प्रसाद अधिकारि लगाएतको टोलीले नेपाल स्टोनेक्स प्रालिमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा नेपाल स्टोनेक्स प्रालिले बेल्चा उत्पादन गरेको भेटीए पछि उपमहानगरको कार्यालयले ७ दिन भित्र अनुमति लिएर मात्र सामाग्री उत्पादन गर्न पत्र पठाए पनि नेपाल स्टोनेक्स प्रालिले उपमहानगरको पत्रलाई बेवास्ता गरेको छ ।

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय संग ग्रेनाईड उत्पादन गर्ने अनुमति लिएको नेपाल स्टोनेक्स प्रालिले बेल्चा समेत उतपादन गरेको र बाउण्ड्रि वाल माथि नै ट्रस्ट लगाएको अनुगमनको क्रममा भेटिएको जीतपुरसिमरा उपमहानगरपालिकाको बातावरण शाखा प्रमुख पुष्पा सिंहले बताईन ।

 

 

ग्रेनाईड उत्पादन गर्ने अनुमति लिएर पनि बेल्चा उत्पादन गरेको देखिए पछि वडा न ८ क कार्यालयले अनुमति लिएर बेल्चा उत्पादन गर्न नेपाल स्टोनेक्स प्रालिलाई भने पनि वडाको आदेश समेत उल्लंखन गरेर बेल्चा उत्पादन गरेर बजारीकरण गरिरहेको बेला वडा कार्यालयले ६ सय पिस बेल्चा नियन्त्रणमा लिएर उपमहानगरको कार्यालयमा बुझाएको वडा अध्यक्ष शिवशंकर प्रसाद कुशवाहाले बताए ।

 

 

कुनै पनि उधोगले कुनै सामाग्री उत्पादन गर्नु अगाडी सम्बन्धि निकाय संग प्रदुषण जांच र अनुमति लिएर मात्र उत्पादन गर्नुपर्ने कानुनि प्रावधान रहे पनि नेपाल स्टोनेक्स प्रालिले कानुनि प्रक्रियानै पुरा न गरिकन बेल्चा उत्पादन गरिरहेको पाईएको छ ।

 

 

यता नेपाल स्टोनेक्स कम्पनिले आफु हरुले सेम्पलको लागि मात्र बेल्चा उत्पादन गरेको र अब चाडै अनुमतिलिएर मात्र बेल्चा बजारीकरण गर्ने बताएको छ । कुनै पनि उधोग संचालन हुनु अगाडी सम्बन्धित वडा कार्यालय र समबन्धित ठाउँमा सार्वजनिक सुनुवाई गरेर मात्र उत्पादन गर्ने नीति रहेको भए पनि त्यस्ता नीति र नियम नेपाल स्टोनेक्स प्रालिले अपनाएको छैन ।

प्रतिक्रिया दिनुहोस