आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जग्गा अतिक्रण गरी वडा कार्यालय निर्माण गर्न लागेको भन्दै गढीमाई मन्दिर विकास समितिको आपत्ती

एपी खबर २०८० मंसिर १०, आईतबार (५ महिना अघि) ६९ पाठक संख्या

बारा – श्री गढी माई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मनोज गुप्ताले मन्दिरको जग्गा अतिक्रण गर्न खाजेको आरोप लगाएको छ । श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिका कोषाध्यक्ष महेश जैसवालले बीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरको जग्गा अतिक्रण गरी वडा अध्यक्षले हिन्दु धर्मावलम्वीहरुको आस्था माथी प्रहार गर्न खाजेको आरोप लगाए । पत्रकार सम्मेलनमा जैसवालले निर्माण कार्यमाथी समितिले आपत्ती प्रकट गरेको जैसवालले बताए ।

 

उनले मन्दिर क्षेत्रको केन्द्र बिन्दुमा निर्माण हुने वडा कार्यालयले मन्दिरलाई कुरुप बनाउँने एवं पञ्चबर्षिय मेलालाई नै प्रभावित पार्ने बताए । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष जैसवालले वडावासीहरुको सहजताको लागि वडा कार्यालय निर्माण हुनु आवश्यक रहेको भएपनि त्यसका लागि थुर्पै बैकल्पिक ठाउँहरु रहेको बताए ।पत्रकार सम्मेलनमा जैसवालले महागढीमाई नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुप्ताले बिश्व प्रख्यात मन्दिर गढीमाईको नाममा रहेको किता नं. ३६७ को ४ कठ्ठा १० धुर जग्गा अतिक्रण गरी मनोमानी ढङ्गले अगाडी बढाएको निर्माण कार्य तत्काल रोक्नु पर्ने माग गरे ।

 

उनले निर्माण कार्य शुरु भएयता विकास समितिले निर्माण कार्यको विरोध गर्दे आएको वताउँदै निर्माण कार्य नरोएपछि आफुहरु अदलातको सरणमा गएको समेत बताए । उनले आदालतको निर्णय आफुहरुलाई मान्य हुने पत्रकार सम्मेलनमा बताए । उनले आफुहरुले अदालतमा निर्माण कार्य रोक्का गर्नको माग गरेको बताउँदै अदालतले गढीमाईको पक्षमा निर्णय गर्ने समितिलाई विश्वास रहेको पत्रकार सम्मलेन बताए । देशको मुख्य तिर्थ स्थल एवं पर्यटकीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरको मुख्य भागमा यसरी घर निर्माण भएपछि मधेशकै पर्यटकीय विकासमा समेत बाधा पुग्ने भएको हुँदा जैसवालले सारोकारवालाहरुले यस कार्यको बिरोध गर्नु पर्ने पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा निर्माण कार्यलाई नगरपालिकाले किन नरोकेको आफुहरु समेत बुझन नसकेको कोषाध्यक्ष जैसवालको भनाई थियो । पत्रकार सम्मेलनमा कोषाध्यक्ष जैसवाल सहित नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस