आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल,गर्भवतीलाई प्रोटिन पाउडर वितरण

एपी खबर २०८० मंसिर ११, सोमबार (५ महिना अघि) ७७ पाठक संख्या

बारा : बाराको कलैया उपमहानगरपालिका -२४ को कार्यालयले वडाअन्तर्गतका ३ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । स्वयम् सेविकाहरुलाई आफ्नो काममा खटिन सहज होस् भन्ने उदेश्यले साईकल प्रदान गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।गर्भवतीदेखि सुत्केरी हुँदासम्म नवजात शिशुको नियमित खोपदेखि कोभिड-१९ को महमारीको समय गाउँघर र टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविकाले निर्वाह गरेकोे भूमिकाको जति प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।

 

सोमबार कलैया उपमहानगरपालिकाको वडा न २४ को सखुई स्थीत सुरत स्वास्थ्य चौकीमा एक कार्यक्रमका विच वडाअध्यक्ष हिरालाल चौधरीले स्थानिय ३ जना स्वयम् सेविकालाई साईकल प्रदान गर्नु भएको हो ।दिनरात नभनी आफ्नो सेवामा निरन्तर लागि रहेका स्वास्थ्य स्वयंसेविका वडा कार्यालयबाट साइकल पाएपछि हर्षित भए । यस्तै सोही अवसरमा वडा कार्यालयको सहयोगमा वडाभरीका गर्भवती महिलाका लागि पोषणयूक्त खाध्यान्न (प्रोटिन पाउडर) वितरण गरिएको छ । गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा आउने महिलाहरुलाई प्रदान गर्ने गरी हाल एकसय थान प्रोटिन पाउडर सुरत स्वास्थ्य चौकीमा उपलब्ध गराईएको उहाँले जानकारी दिनु भयो ।

 

बार्षिक सरदर ९२ जना गर्भवती महिला गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थामा आउने गरेको रेकर्डका आधारमा उक्त परिमाणको पौष्टिक पाउडर वडा कार्यालयले उपलब्ध गराएको हो, वडा अध्यक्ष चौधरीले भन्नुभयो ।उक्त अवसरमा सुरत स्वास्थ्य चौकीका प्रमुख अहेब राजकिशोर प्रसाद यादव, स्थानिय सामाजिक अगुवा रामअयोध्या प्रसाद यादव,रघुबर यादव,वडा सदस्य जियालाल चौधरी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस