आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरामा पनि सामाजिक सुरक्षा दिवस मनाईयो

अखिलेश कुमार यादव २०८० मंसिर ११, सोमबार (५ महिना अघि) ७५ पाठक संख्या

बारा : बाराको सिमरामा सोमबार एक कार्यक्रमको बीच सामाजिक सुरक्षा दिवस मनाईएको छ । अन्तराष्ट्रिय लैङ्िगक हिंसा बिरूद्धको १६ दिने अभियानकै शिलशिलामा यो दिवस मनाईएको हो । सामाजिक सुरक्षा कोष सिमरा शाखाका कार्यालय प्रमुख ऋषिराम पाण्डेको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरउपप्रमुख भोला प्रसाद अधिकारिको प्रमुख अतिथ्यतामा सामाजिक सुरक्षा दिवस मनाइएको छ ।

 

सामाजिक सुरक्षा दिवस कार्यक्रममा बोल्दै नगरउपप्रमुख अधिकारीले सामाजिक सुरक्षालाई जीतपुरसिमरा उपमहानगरपालिकामा स्थापित गर्न आउदो नगरसभामा योजना बनाएर अगाडी बढ्ने बताउनु भयो । त्यस्तै उहाँले आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका नागरिकको संरक्षणको लागि ल्याईएको सुरक्षा कोष आफैमा राम्रो भएको समेत बताउनुभयो ।कार्यक्रममा मनतब्य राख्दै सामाजिक सुरक्षा कोष सिमरा शाखाका कार्यालय प्रमुख ऋषिराम पाण्डेले बृद्ध अबस्था ,दुर्घटना र असक्तताको अवस्था ,मातृत्व सुरक्षा ,र आश्रीत परिबारलाई सेवा पुर्याउन राज्यले विभिन्न सुरक्षा योजना ल्यायको बताउनु भयो ।२०७५ मंसिर ११ गते औपचारिक सुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने घोषणा गरेका थिए ।

 

असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने नारासहित नेपालभरि सोमबार बिभिन्न कार्यक्रमको आयोजना गरि सामाजिक सुरक्षा दिवस मनाईएको छ । उक्त सामाजिक दिवस कार्यक्रममा बिरगंज उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम,जेटियुसिसिको मधेश प्रदेश अध्यक्ष कमलेश झा,नगरउधोग बाणिज्य संघ जीतपुरका अध्यक्ष मोहन शर्मा लामिछाने लगाएत भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस