आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेकाे झुलाघाट-चिवाभन्ज्याङ अभियानको लागि मधेश प्रदेशमा तयारी बैठक सम्पन्न

AuthorAP Khabar२०८० मंसिर १२, मंगलबार (५ महिना अघि) ७६ पाठक संख्या

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सञ्चालन हुने ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि मधेश प्रदेश कार्यालयको आयोजनामा आज तयारी बैठक जनकपुरमा सम्पन्न भएको छ ।

 

 

बैठकले मंसिर २६ गते उदयपुरको घुर्मीमा हुने जनसभामा मधेस प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । त्यसका साथै बैठकले केही महत्वपूर्ण निर्णय समेत गरेको एमाले मधेसप्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनु दिए ।

 

मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा र पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा र पोलिटब्यूरो सदस्य अच्युत मैनालिको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।बैठकमा पार्टिका केन्द्रीय कमिटी सदस्य, जिल्ला अध्यक्ष,जनसङगठनका कमरेडहरुको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सचिब मनोज पौडेल र स्वागत उपाध्यक्ष विचारी यादबले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस