आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज फेरीए , तर भएन सुरक्षा व्यवस्थामा कडाई

एपी खबर २०८० मंसिर १३, बुधबार (५ महिना अघि) ६५ पाठक संख्या

बारा : जिल्ला प्रहरी कार्यालय मातहत रहेको ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज फेरी पनि सुरक्षा व्यवस्था जस्ताको त्यस्तै छ । ईलाका प्रहरी कार्यालय जीतपुर बाट रमण पण्डितको सरुवा भए पछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाराले प्रकाश खड्कालाई पठाए पनि सुरक्षा व्यवस्थामा कुनै कडाई हुन् सकेको छैन ।

 

नया इन्चार्ज आए पछि रमण पण्डितले खलबलाएको शान्ति सुरक्षालाई चुस्त र दुरुस्त पार्नको लागि प्रकाश खडकालाई कार्यालय प्रमुखको जिम्मेवारीमा जिल्लाले पठाए पनि त्यो प्रभावकारी देखिएको छैन ।नयाँ कार्यालय प्रमुख आए संगै जीतपुरको शान्ति सुरक्षामा कडाई हुने आश राखेको स्थानीयहरूले खडकाको रवैया देखेर पुन स्थानीयको आश निराशमा परिणत भएको व्यवसायी चोकट सहनीले बताए ।

 

प्रहरीको मुख्य कर्तब्य शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने हो तर आजभोली प्रहरीले स्थानीयहरुलाई शान्ति सुरक्षा दिनुको सट्टा तस्कर ,चोर गुण्डाहरुलाई सुरक्षा दिन थाले पछि प्रहरी माथि आमजनताले बिश्वाश समेत गर्न छोडेको छ ।जीतपुरबजार बाराकै एउटा ठूलो बजारको रुपमा चिनिने गरेको छ ।यहाँ हेटौडा देखि मान्छेहरु बजार गर्न आउछ तर बजार गर्न आउने मान्छेहरुको बाईक चोरी भए पनि प्रहरीले चोरलाई समात्न न सक्नुले प्रष्टै हुन्छ जीतपुरको सुरक्षा व्यवस्थामा इन्चार्ज फेरि पनि सुरक्षा व्यवस्था जस्ताको त्यस्तै छ ।

प्रतिक्रिया दिनुहोस