आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा आगोमा जलेर एक महिलाको मृत्यु

AuthorAP Khabar२०८० मंसिर १५, शुक्रबार (५ महिना अघि) ७९ पाठक संख्या

बारा : बारामा आगोमा जलेर एक जना महिलाको ज्यान गएकोछ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीको ज्यान गएको प्रहरीले जनाएको छ।

बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा उक्त महिलाले आगो लगाएकी थिईन । मानसिक अवास्था ठिक नभएकी गिरिले आफैले शरिरमा आगो लगाएकी थिइन  र सोही घरको बच्चाले कोठा भित्र आगो देखे पछि हल्ला गरेकी थियो।

 

आगोले जलेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि विरगञ्ज लगिएको थियो । विरगञ्जमा उपचार सम्भव नभए पछि थप उपचारका लागि काठमान्डौ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनु भयो ।

हाल उनको मृत शरिरलाई पोष्टमार्टमको लागि विरगञ्ज स्थित नारायाणी अस्पतालमा लगिएको छ । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस