आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बसले किच्दा माेटरसाइकलमा सवार झाकाे मृत्यु

एपी खबर २०८० मंसिर १६, शनिबार (५ महिना अघि) ५६ पाठक संख्या

वीरगञ्ज- बसले किच्दा शनिबार बिहान वीरगञ्जमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ वर्षीय अभय झा रहेकाे वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। पर्साको ठाेरीमा पिकनिककाे लागि गइरहेकाे ना ८ ख ४८६१ नम्बरकाे बसले किच्दा माेटरसाइकलमा सवार झाकाे मृत्यु भएकाे हाे।

 

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाै‌स्थित तिलावे पुल नजिकै वीरगञ्जबाट पाेखरियातर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरीत दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेक्किँदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले बताए। ठक्कर दिने बस र चालक सिन्धुलली कमलामाई नगरपालिका-४ बस्ने विष्णु कुमार दर्जीलाई नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस