आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपोभिट टायल्स उद्योगमा आगलागी

AuthorAP Khabar२०८० मंसिर १७, आईतबार (५ महिना अघि) ५२ पाठक संख्या

बारा । बाराको सिमरास्थित नेपालकै पहिलो  टायल्स फ्याक्ट्रीमा आगलागी भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ८ रमौलियामा रहेको टायल उत्पादन गर्ने नेपोभिट टायल्स उद्योगमा आगलागी भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगो नियन्त्रणका लागि त्यस क्षेत्रका ४ वटा दमकल परिचालन गरिएको छ ।

 

बिरगंज महानगरपालिकाको २ वटा बरुन यन्त्र, जीतपुरसिमरा उपमहानगरपालिकाको एउटा बरुन यन्त्र र कलैया उपमहानगरपालिकाको बरुन यन्त्रको सहयोगमा करिब ३ घण्टा पछि आगो नियन्त्रणमा बारा प्रहरीले जनाएको छ।उक्त आगलागी बाट करिब करोडौं मूल्य बराबरको क्षति भएको छ।

 

प्रतिक्रिया दिनुहोस