आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कारवाहीको माँग गर्दै जीतपुरमा चाका जाम

एपी खबर २०८० मंसिर २०, बुधबार (५ महिना अघि) ७१ पाठक संख्या

बारा :बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरका एक जना महिलाको कारवाहीको माँग गर्दै मंगलबार चाका जाम गरिएको थियो । करिब ४० मिनेट जीतपुरका स्थानीयहरू र पिडित परिवारले न्यायको माँग गर्दै चाका जाम गरेको थियो । स्थानीयहरुले गरेको चाका जामको कारण बिरगंज पथलैया सडक खण्ड ४० मिनेट सम्म अवरुद्ध भएको थियो ।उक्त महिला पहिला देखि नै आफ्नो छिमेकी माथि आतंक मचाएको र प्रहरीले उनलाई पक्राउ गर्नुको सट्टा संरक्षण गर्नेको कारण आफुहरुले बाटो अवरुद्ध गरेको स्थानीय गुलसन खातुनले बताईन ।उक्त महिलाको कारण मदरसा टोलको स्थानीयहरु धेरै समस्यामा पर्ने गरेको स्थानियहरुले दुखेसो गरेको छ । झुठो मुदाको आरोपमा बारम्बार मदरसा टोलको जनता माथि जाहेरी दिएर दुख दिने गरेको स्थानियहरुले दुखेसो गरेको छ ।उक्त महिला माथि प्रहरीमा जाहेरी परे पनि प्रहरीले उनलाई पक्राउ गर्नुको सट्टा संरक्षण गर्ने गरेको कारण जीतपुरको मदरशा टोलका स्थानीयहरू अतांकित बनेको छ ।मदरशा टोलका स्थानीय माथि ज्यादती गरे पनि प्रहरीले उसको ज्यादतीको बिरुद्धमा उजुरी समेत न लिने गरेको गुलशन खातुनले बताइन । करिब १ बर्ष पहिला आफ्नै छिमेकी नसरुदीन देवानको घर बाट चोरी गरेको आरोपमा उक्त महिला सहित उनको घरको अन्य ४ जना सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो तर उनको पहुँच गृह मन्त्रालय सम्म भएको कारण उनलाई प्रहरीले छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस