आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा एमाले बाराको जिल्ला अधिवेशन फागुन दोस्रो साता गर्ने निर्णय

AuthorAP Khabar२०८० मंसिर २०, बुधबार (५ महिना अघि) ६७ पाठक संख्या

बारा : नेकपा एमाले जिल्ला कमिटी बाराको बैठक आज कलैयामा सम्पन्न भएको छ ।बैठकले एमाले बाराको जिल्ला अधिवेशनयही २०८० फागुन १२ र १३ गते आयोजना गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरी बैठकले पार्टी केन्द्रीय कमिटिले सन्चालन गरेको मध्यपहाडी लोकमार्ग झुलाघाट -चिवाभन्ज्याङ : समृद्धिका लागि सन्कल्प यात्रा ” अभियान सफल बनाउन उदयपुरको घुर्मीमा यही मंसिर २६ गते हुने जनसभामा बारा जिल्ला बाट ब्यापकरुपमा सहभागीता जुटाउने निर्णय गरेको छ ।

 

बैठकमा मधेस प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष चन्देस्वर मण्दल र सचिब मनोज पौडेलका साथै बारा जिल्लाबाट निर्वाचित प्रदेश सदस्यहरुलाइ सम्मानित गरिएको थियो ।बैठक जिल्ला अध्यक्ष बिनोद साहको अध्यक्षतामा,प्रमुख अतिथि पार्टिका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र विशेष अतिथि पोलिटब्युरो सदस्य तथा बारा इन्चार्ज रामदयाल मण्डल,मधेस प्रदेश कमिटीका अध्यक्ष चण्डेश्वर मण्डल र सचिब मनोज पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

जिल्ला सचिब अध्यानन्द पाण्डेले सहजिकरण गर्नु भएको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू बलवीर चौधरी,महम्द समीर, मञ्जु थापा मगर र सरस्वती देवी चौधरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस