आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एन सेलको कर छलिको विरुद्धमा सिमरा अनेरास्ववियु द्वारा प्रदर्शन

एपी खबर २०८० मंसिर २१, बिहिबार (५ महिना अघि) ७८ पाठक संख्या

बारा : एने सेलको कर छलिको विरुद्धमा नेकपा एमाले निकट अनेरास्वबियुले  बिहिवार सिमरामा बिरोधमा प्रदर्शन गरेको छ। एन सेलको कर छलिको विरुद्धमा भएको प्रदर्शनमा करछली गर्नेलाई कारबाही गर, एनसेलको खरिद बिक्री मानिदैन, भ्रष्टाचारी चाहिँदैन लेखेका प्लेकार्ड लिएर सिमरा चोकमा केही आनेरास्वबियुका कार्यकर्ताहरुले केही समय सडक समेत अवरुद्ध गरेर विरुद्ध प्रदर्शन गरेको छ।

उक्त बिरोध प्रदर्शन केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज लक्ष्मी तिमेल्सिनाको नेतृत्वमा भएको छ। सो अवसरमा अनेरास्वबियुका बारा जिल्ला अध्यक्ष सरोज खनाल,शन्कर यादब, नेपाल खेलकुद महासङ्घका जितपुरसिमराका नगर अध्यक्ष सोमलाल बोम्जन, युवा सङ्घका नगर अध्यक्ष आरिफ हुसैन,प्रताप क्षेत्री,आयुस न्यौपाने,सम्राट उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस