आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री यादव द्वारा बारागढी गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन सम्पन्न

अखिलेश कुमार यादव २०८० मंसिर २३, शनिबार (५ महिना अघि) ६३ पाठक संख्या

बारा : बाराको बारागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उदघाटन गर्नुभएको छ । मुख्यमन्त्री यादवले स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो ।

 

मुख्यमन्त्री यादवले उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नागरिकको काम छिटोछरितो र झन्झटरहित बनाउन भौतिक पूर्वाधारको पनि योगादन रहने भएकाले नवनिर्मित प्रशासनिक भवनबाट कर्मचारीसँगै सेवाग्राहीलाई पनि लाभ मिल्ने बताउनुभयो । त्यसतै उहाँले संघ सरकारले अल्टीमेटम अवधीमा माग पुरा नगरेकोले आन्दोलनको कार्यक्रम सुरु गर्न तयारी गरिएको जानकारी दिए ।प्रदेश सरकारलाई कर्मचारी भर्ना र प्रहरी परिचालनको अधिकार अविलम्ब हस्तान्तरण गर्नु पर्नेमा जोड दिएको थियो । मधेश प्रदेश सरकारले उठाएको अधिकार हस्तान्तरणको आवाज जायज भएको प्रधानमन्त्री दाहालले बताएपनि माग पुरा गर्न कुनै कदम नचालेको उनले आरोप लगाए ।

बारागढी गाउँपालिका अध्यक्ष अशोक जयशवाल, उपाध्यक्ष लक्ष्मी देवी राय , गाउँपालिकाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरीकाअनुसार भवनमा बैठक कक्षसहित ३२ वटा कोठा रहेका छन् । ५ करोड ७६ लाख ३२ हजार ५४ रुपैयाँ भ्याट सहितको लागतमा भवन निर्माण भएको उहाँले बताउनुभयो ।उक्त नयाँ प्राशानिक भवन उद्घाटन कार्यक्रममा बारा क्षेत्र न १ का संघीय सांसद अच्युत मैनाली,प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा,कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह लगाएत स्थानियाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस