आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति पक्राउ

एपी खबर २०८० मंसिर २३, शनिबार (५ महिना अघि) ८५ पाठक संख्या

रौतहट । वन तस्करी गरेको आरोपमा एक दर्जन बढी व्यक्ति रौतहट बाट पक्राउ परेका छन् । शनिवार सयौँ क्यूफिट सालको अवैध काठसहित एक दर्जन बढी व्यक्तिलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार उनीहरुले साइकल लगायतका साधन प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ ।

 

वन गस्ती टोलीले सक्रियता बढाएसँग तस्करहरूले नयाँ जुक्ति प्रयोग गरेर काठ तस्करी गर्ने गरेको डिभिजन कार्यालयले जनाएको छ । राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको भन्ने सूचनाका आधारमा गएको गस्ती (सुरक्षा) टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिए ।  साउन यता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १२० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताए ।

प्रतिक्रिया दिनुहोस