आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटमा चौपाया सहित किसानको मृत्यु

एपी खबर २०८० मंसिर २३, शनिबार (५ महिना अघि) ५१ पाठक संख्या

रौतहट : रौतहटमा शनिवार दिउँसो खेत जोत्ने क्रममा करेन्ट लाग्दा चौपाया सहित एक जना किसानको मृत्यु भएको छ।जिल्लाको माधवनारायण नगरपालिकाको वडा न ७ मा खेत जोत्ने क्रममा ११ के.भि को तार टुटेर करेन्ट लाग्दा ५५ बर्षिय बैजु पन्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

नेपाल बिधुत प्राधिकरणको अव्यवस्थित तरिकाले करेन्ट प्रवाह हुने तार लगाएको कारण नै यस्तो दु:खद घटना घटेको स्थानियहरुले बताएको छ।रौतहट जिल्लाको अधिकान्स ठाउँमा बिधुत प्राधिकरणले लगाएको तार जमिनको सतह बाट केही फिट मात्र माथी भएको कारण यस्ता घटनाहरु घटने गरेको पाईएको छ।

प्रतिक्रिया दिनुहोस