आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा कलैयामा र्‍याली

अखिलेश कुमार यादव २०८० मंसिर २४, आईतबार (५ महिना अघि) ७४ पाठक संख्या

बारा : ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बाराको सदरमुकाम कलैयामा प्रभात फेरि र्‍याली निकालिएको छ। आइतबार बिहान कलैयाको भरत चौकमा राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका जिल्ला अध्यक्ष बृजकिशोर साहको अध्यक्षतामा प्रभात फेरि र्‍याली निकालिएको थियो ।

 

 

भरत चौक बाट सुरू भएको र्‍याली नगर परिक्रमा गरेर समापन भएको थियो । र्‍यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। र्‍यालीमा सहभागीहरूले लैगिंक हिंसा अन्त्यको सुनिश्चिततालगायत विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए।यस वर्ष ‘ प्राकृतिक प्रकोप तथा बिपदबाट प्रभावितहरूका मानव अधिकारहरूको सुनिश्चितता आजको आवश्यकता’नारा तय गरिएको छ।

 

 

दिवसका अवसरमा बाराको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् ।
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने बताए ।सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुनसकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने बताए ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।त्यसतै मानव अधिकार दिवसकै अवसर पारेर मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी लगाएतको टिमले जिल्ला प्रहरी कार्यालय बारामा रहेका थुनुवाहरुको अवस्था बारे प्रहरी उपरिक्षक सुरेश काफ्ले संग जनकारि लिएको थियो।

त्यसतै मानव दिवसकै अवसर पारेर मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य कृष्ण लामा,प्रदेश सदस्य कुमार त्रिपाथि ,जिल्ला कोषाध्यक्ष रिना बजगाई,सचिव श्रीराम साह लगाएतका ब्यक्तिहरुले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र जिल्ला समन्वय समितिकाका सभापतिलाई प्रेस बिज्ञयप्ती बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस