आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको जीतपुर बाट एकै रात २ वटा पसलमा चोरी,कयौंमा तोडफोडको प्रयास

अखिलेश कुमार यादव २०८० मंसिर २७, बुधबार (५ महिना अघि) ५१ पाठक संख्या

बारा : मंगलबार राति बाराको जीतपुरमा दुई वटा पसलमा चोरी भएको छ ।जीतपुरस्थित उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलबाट चोरी भएको हो ।उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा बाट अन्दाजी लाखौं बाराबरको चोरी भएको बुझिएको छ । मंगलबार राति अन्दाजी १/२ बजे रातमा चोरहरुको समूहले सटरको ताल्चा फोडेर चोरी गरेको पाईएको छ ।

जीतपुरमा रहेको अन्य पसलमा चोरहरुको समूहले तोडफोडको प्रयास समेत गरेको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।पछिल्लो क्रममा बारामा चोरीको घटना बढ्दै गएको छ ।  यता ईलाका प्रहरी कार्यालय जीतपुरका वरिष्ठ प्रहरी नायब निरिक्ष प्रकाश खाडकाको अनुसार चोरी गर्ने चोरको पहिचान भईसकेको र प्रहरीले अहिले चोरी गर्ने चोरलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस