आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने क्रममा सिमरौनगढ नगरपालिकामा झडप

अखिलेश कुमार यादव २०८० मंसिर २७, बुधबार (५ महिना अघि) ७७ पाठक संख्या

बारा : बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको हो । विवाद बढ्दै गएपछि झडप भएको र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी घाइते भएका छन् । भिड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारी घाइते भएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

 

उनका अनुसार झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि १० जना प्रहरी घाइते भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एक जना प्रदर्शनकारीलाई गोली लागेको हो । गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । घाइते प्रहरीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सिम्रौनगढ नगरपालिकामा विगत दुई महिनादेखि तलब भत्ता माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस