आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा प्रहरीको गोलि लागेर एक जना प्रदर्शनकारिको मृत्यु

अखिलेश कुमार यादव २०८० मंसिर २७, बुधबार (५ महिना अघि) ४९ पाठक संख्या

बारा : बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारिको मृत्यु भएको छ । प्रहरी चलाएको गोलि लागेर सिमरौनगढ नगरपालिकाको नमसागरा ढाथको लक्ष्मी मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएको थियो र सोहि क्रममा प्रदर्शनकारिहरुले प्रहरी माथि ढुंगामुढाले आक्रमण गर्न थाले पछि प्रहरीले गोलि चलाएको थियो । झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढाले आक्रमण गरेपछि १० जना प्रहरी समेत घाइते भएको बारा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस