आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राज दादीमाँद्वारा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कोल्हवीको भवन उद्घाटन

अखिलेश कुमार यादव २०८० मंसिर २७, बुधबार (५ महिना अघि) ८६ पाठक संख्या

बारा : ब्रह्माकुमारी राजयोग केन्द्र नेपालका निर्देशक राजयोगिनी तपस्विनी राज दादीमाँले नवनिर्मित ओम शान्ति भवन उद्घाटन गरेकी छिन् । बाराको कोल्हवी नगरपालिका १ स्थित कोल्हवीमा नवनिर्मित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको बुधवार आयोजित एक समारोहका विच दादीमाँले उद्घाटन गरेकी हुन् । ब्रह्माकुमारी राजयोग केन्द्र नेपालका सहनिर्देशक ब्रह्माकुमारी किरण दिदिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि निर्देशक दादीमाँले सिलालेख अनावरण गरि नवनिर्मित भवन उद्घाटन गरिन ।

भवन उद्घाटन समारोहमा कोल्हवी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरी,बारागढी गाउँपालिकाको अध्यक्ष अशोक जयसवाल,नेकपा एमालेका नेता बलबीर चौधरी ,ब्रह्माकुमारी बिना दिदि लगाएतले शुभकामना मन्तब्य राखेका थिए । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र कोल्हवीको भवन करिब १ करोडको लागतमा निर्माण भएको जसमा ४० लाख रुपैयाँ सरकारी निकायले सहयोग गरेको र बाँकी रकम स्थानियहरु लगाएत जनप्रतिनिधिले सहयोग गररेको छ ।कार्यक्रममा ब्रह्माकुमारी राजयोग केन्द्रमा सहयोग पु¥याउने तथा कार्यक्रममा सहभागी अतिथिहरुलाई माला दोसल्लासहितबाट सम्मान गर्दै विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस