आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मृतक युवकलाई शहीद घोषणाको माग गर्दै कलैयामा प्रदर्शन

एपी खबर २०८० मंसिर २९, शुक्रबार (४ महिना अघि) ११४ पाठक संख्या

बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवार र आफन्तले बिहीबार प्रदर्शन गरेका छन् ।बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

 

बिहीबार उनका आफन्त र परिवारले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधबार नगरपालिकामा ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाही गर्नुपर्ने माग राखेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।पीडित परिवारले अहिलेसम्म शव पनि बुझेका छैनन् ।

प्रतिक्रिया दिनुहोस