आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषामा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरी हत्या,२ जना पक्राउ

एपी खबर २०८० मंसिर २९, शुक्रबार (४ महिना अघि) १०९ पाठक संख्या

जनकपुरधाम । धनुषामा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा ५ वर्षीया बालिकाको जबरजस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा लाश फेला परेको हो । सोही ठाउँ बस्ने ५ वर्षीया बालिका रेखा यादवलाई जबरजस्ती करणी गरेर घाँटी थिची हत्या गरेर खाल्डोमा फालेको अवस्थामा बिहीबार राति शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

बुधबार राति करिव ९ बजे गाउँकै कुनै छिमेकीको मटकोरमा गएकी बालिका अबेर रातिसम्म घर नफर्केपछि बालिकाको अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए ।बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बिहीबार राति सबैला नगरपालिका–९ स्थित खाल्डोमा ती बालिकाको शव फेला पारेको थियो ।

 

घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न दुईजना युवकलाई पक्राउ गरी केरकार गर्दा उनीहरूकै संलग्नतामा ती बालिकालाई जबरजस्ती करणीपश्चात् घाँटी थिचेर हत्या गरेको खुल्न आएको हो ।घटनामा संलग्न दुबैजनाको नाम प्रहरीले गोप्य राखेपनि उनीहरू दुबैजना क्रमशः ३६ र २५ वर्षको स्थानीय युवक रहेको बताइएको छ । उनीहरूमाथि जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस