आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिम्रौनगढमा भएको गोलिकाण्डको कारण शनिवार पुर्व पश्चिम राजमार्ग ५ घण्टा अवरुद्ध

एपी खबर २०८० मंसिर ३०, शनिबार (४ महिना अघि) १८६ पाठक संख्या

बारा : बाराको सिम्रौनगढ नगरपालिकामा बुधवार प्रमुख प्रशासकिय अधिकृत हाजिर गराउने बिषयमा भएको झडपमा प्रहरीको गोलि लागेर एक जनाको मृत्यू भएको थियो। प्रहरीको गोलि लागेर सिम्रौनगढ नगरपालिका वडा नं १ ननसगरा ढाट गाउँका २४ वर्षीय लक्ष्मी मुखिया बिनको  मृत्यु भएको थियो।

 

 

बिनको मृत्यु प्रहरीले चलाएको गोलिबाट नै भएको थियो। भने ईलका प्रहरी कार्यालय सिम्रौनगढको तत्कालिन प्रहरी निरिक्षक रभिभुषण यादवले मधेश प्रदेशको मुख्यमंत्री सरोज कुमार यादवको निर्देशनमा चलाएको आरोप लगाउदै शनिबार तेस्रो दिन निजगढ स्थित बकैयापुल नजिक राजमार्ग नै अवरुद्ध गरी प्रदर्शन गरीएको छ।

 

 

नेपालि काँग्रेस क्षेत्र नम्बर १ को सभापति एवम् सिम्रौनगढ नगरपालिकाको पुर्व नगरप्रमुख बिजय शंकर यादवको नेतृत्वमा निजगढ स्थित राजमार्ग अवरुद्ध गर्न पुगेको स्थानियहरु तथा नेपालि काँग्रेसकाबाट निर्वाचित जनप्रतिनिधिहरू एबम् पधाधिकारीहरु टायर बालि बाटो अवरुद्ध गरेका थिए। मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव मुर्दाबाद, नेपाल सरकारका गृहमन्त्री नारायण काजी श्रेष्ठ राजिनामा दे नगरप्रमुख किशोरी साह कलवारलाई कार्वाही गर भन्दै सिमरौनगढका स्थानियहरुले नाराबाजी गर्दै ५ घन्टा सडक अवरुद्ध गरेर आन्दोलन गरेको छ।

 

 

साथै बिनको प्रहरीको गोलि लागेर बुधबार मृत्यु भएपनि उनको शव आफन्तले अझै बुझेका छैनन् उनको शव नारायणी अस्पताल वीरगंजमा राखिएको छ । सिम्रौनगढ नगरपालिकमा प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई नगरप्रमुख कलवारले हाजिर गराउन खोजेपछि पाँच महिनादेखि नगरपालिकाको मूलद्वारमा तलब नपाएर आन्दोलनमा रहेका शिक्षक कर्मचारी र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस