आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटमा काजको घुमुवा परिचालन,घुमुवाले सर्वसाधारण हैरान,तस्करहरु मालामाल

एपी खबर २०८० पौष ४, बुधबार (४ महिना अघि) २१० पाठक संख्या

रौतहट।रौतहट संग साटिएको भारतीय खुला सिमानाकाबाट तस्करी भईरहेको जन–गुनासो बढ्दै गएका छन।
भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले खुला सिमा नाकाको फाइदा उठाउँदै रौतहटको बिभिन्न चोर नाकाबाट कुख्यात तस्करीहरुले अहिले पनि तस्करी कार्य तीव्र गतिका साथ अघि बढेको स्थानीय ब्यपारीहरुको जन-गुनासो गर्दै आएको हो।पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल सहित विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल-भारत गर्ने गरेको हुँदा सो तस्करी अझ सरल बनाउँन रौतहटमा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. जनक भट्टराईले पुरानै घुमुवालाई परिचालन गरेको एक ठुला ब्यपारीले जनाएको हो ।

 

 

रौतहटमा पटक पटक घुमुवा बसेका प्रहरी सहायक निरिक्षक श्याम सुन्दर साहको दरबन्दी ईलाका प्रहरी कार्यालय सिरहामा रहदा पनि साहलाई दरबन्दी भएको ठाउँमा नपठाई रौतहटमै काजमै घुमुवा ईन्चार्ज बनाएका छन्। पछिल्लो समयमा तस्करीको मामिलामा रौतहटको सिमा नाका बदनाम रहेको खण्डमा तस्करलाई तस्करी गर्न सहज बनाउनका लागि साहलाई काजमा खटएका हुन्। भने ईलाका प्रहरी कार्यालय कोपवामा दरबन्दी रहेको प्रहरी हवलदार बिजय यादव ईलाका प्रहरी कार्यालय गरुडामा बर्षौं देखि सोर्स फोर्स लगाई ईलाका प्रहरी कार्यालय गरुडामा घुमुवा प्रहरी बस्दै आई रहेका छन्।

 

 

हवल्दार यादवलाई अन्त्य ठाउँमा सरुवा गरे पनि यादव चागडी र सोर्स फोर्सले पु:ण्ह ईलाका प्रहरी कार्यालय गरुडामै बर्षौं देखि बस्दै आईरहेका छन्। त्यसतै प्रहरी जवान राजेश यादवको दरबन्दी गंण इलाम हुँदा पनि महिनौं देखि रौतहटको घुमुवा प्रहरी खटाएका हुन्। यसै गरी रौतहटको पश्चीमी नाका बंकुल बाट कुखुरा, खानेतेल, चिनी, दाल, कपडा, मोटर तथा स्पेयर पार्टस तस्करी हुने गरेको छ । सिमावती भारतीय बजार घोडासहन बाट झरोखर पोखरी हुदै नेपाली सिमामा तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ ।

 

कटहरीया आइपुगेको राजश्व छलेको सामानहरु देशको राजधानि काठमाण्डौं सम्म पुग्ने गर्दछ । भने अहिले बंजरहा, राजपुर, लतमडी,अौरैया, महुलीयाबाट रातिको समयमा गाई,रङ्गाहरुको ठुलो तस्करी भई रहेको स्रोतले बताएका छन्। रौतहटकै क्षेत्र नंबर २ मनसरीमा घर भएको रईस मंसुरीले नेपालमा प्रतिबन्धित रहेको सुखा बिडीको पिना देखि सुन सम्मको स्थानीय प्रशासनहरुको आन्तरिक सेटिङ्गमा तस्करी सुरु गरेका छन्। भने मनसरी कै ज्याहुल मंसुरी, बरकतले हुण्डी कारोबार देखि कपडा,चिनी,खाद्यान्न,हार्डवेयरको तस्करी गर्ने गर्छन्।

 

इशनाथ नगरपालिका वडा नंबर ९ मंसरी घर भएका कान्छा तस्करीमा प्रदेश नंबर २ मै प्रचलित छन्। कान्छा गत स्थानीय तहको चुनावमा वडा अध्यक्षमा पराजित भएको थियो। उनी अहिले चुनाव खर्च निकाल्न रङ्गा गाई र हार्डवेयर, खाद्यान्न समाग्रीका तस्करी गरिरहेका छन्। भने यिनीहरुले केही मात्रामा गाई गोरुहरु नरकटिया, मोतिपुरका ईम्ताजुल संग फोन कन्टेक्ट मिलाई बोर्डर छेउमा गाई, गोरु थुपार्ने कार्य गर्ने गर्छन्। एक ठाउँमा थुपारे पछि रातिको समयमा भारत तर्फ ती गाई गोरुको तस्करी गर्ने गर्छन्। यता मधेश प्रदेश प्रहरी प्रमुख जनक भट्टराईले श्यामउन्दर साह जिल्लाको घुमुवा भएकोले गर्दा जिल्लाको एसपी संग उहाँको बारेमा सोधन भनेको र आफु यो समाचार प्रति अनबिज्ञ रहको बताएको छ ।

प्रतिक्रिया दिनुहोस