आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा बाट अबैध लागु औषध गाजा सहित दुई जना पक्राउ

एपी खबर २०८० पौष ४, बुधबार (४ महिना अघि) १७४ पाठक संख्या

बारा : बारा प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर मनहरी गा.पा.०८ बस्ने अ.बर्ष २१ को सुवास मोक्तान र कैलास गा.पा. २१ बस्ने अ.बर्ष ३० को देवराज स्याङताङ रहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रहरी चौकी पथलैया बाराबाट खटिएको विशेष प्रहरी टोलीले हेटौडा बाट पथलैया तर्फ आउदै गरेको बा.प्र.०२-०२९ प १६०९ नं.को मोटरसाईकल.लाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलमा सवार दुवै जनाले पिठयूमा बोकेको व्याग भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको ४.५ किलोको दरले २ (दुई) वटा व्यागमा ९ किलो अबैध लागु औषध गांजा बारामद गरीएको बारा रहरिले जनाएको छ ।दुवै जना पक्राउ गरेर प्रहरीले ठप्प अनुसन्धान गरिरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्युपानेले बताए ।

प्रतिक्रिया दिनुहोस