आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा मोटरसाईकल दुर्घटनामा परि २ जनाको मृत्यु ,१ जना घाईते

अखिलेश कुमार यादव २०८० पौष ४, बुधबार (४ महिना अघि) ४६० पाठक संख्या

बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउसो भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । निजगढ देखी उदयपुर तर्फ जादै गरेको प्र १- ०५-००१प ५४९७ नं.को मोटरसाईकल र रौतहत देखि निजगढ तर्फ आउदै गरेको बा ९७ प ९४४ नं. को मोटरसाईकल निजगढ न.पा.०९ सिंगौल गेट नजिकै एक आपसमा ठोकिएर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

 

रौतहटको चन्द्रपुर न.पा.वडा नं.०३ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बल र उदयपुरको कटारी न.पा.२ बस्ने ३४ को चन्द्रदिप लामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाईते दुवै मोटरसाईकल चालकको निजगढ स्थित सामुदायिक प्रसुति अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्युपानेले बताए ।मो.सा.मा सवार जिल्ला रौतहत चन्द्रपुर ना.पा.०३ पौराई बस्ने वर्ष ३५ को बाबुराम सुनारको टाउकोमा चोट लागेको र अहिले उनको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस