आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पुर्व प्र.अ पाण्डेयले गरेको लाखौं भ्रष्टाचार रकम दाखिला गर्न पटक पटक पत्राचार

एपी खबर २०८० पौष ४, बुधबार (४ महिना अघि) २६७ पाठक संख्या

रौतहट। रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो । पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो। पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल भए। त्यो बेला गाउँपालिका कार्यालय नरहँदा पूर्व प्र.अ पाण्डेय विद्याको मन्दिरमा अन्य शिक्षकको मिलिजुली लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको हो।

 

सरस्वती माध्यमिक बिधालयमा तत्कालीन समयमा लाखौं रकम भ्रष्टाचार भएको खबर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई स्थानीयले खबर दिदा छानबिन सुरु गरेको थियोे। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले छानबिन सुरु गर्दै जाँदा २०७९/०३/३० गतेका दिन पूर्व प्र.अ नवीन कुमार पाण्डेय उपर २ लाख ३३ हजार ४ सय ४१ र उमेश्वर प्र.सिंह उपर ५ लाख ९८ हजार ९ सय ७३ रुपैयाँ भ्रष्टाचार गरेको गरेको हुँदा सो रकम फिर्ता गर्न पटकपटक प्रत्रचार गर्दा पनि कुनै बास्ता नगरेको स्थानीय एक जनाले बताएका छन्। पाण्डेय गत २०७२/०७३/०७४ मा प्रधानाध्यापक बनेको थियो।

प्रतिक्रिया दिनुहोस