आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहटको मौलापुर नगरपालिकाले नै तिरिदिए नगरवासीको बिजुली बिल

अखिलेश कुमार यादव २०८० पौष ५, बिहिबार (४ महिना अघि) २१४ पाठक संख्या

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले आफ्ना नगरबासीले उपभोग गरेको बिजुलीको महशुल भुक्तानी गरि दिएको छ । बुधबार नगरभित्र स्थानियहरुले खपत गरेको बिजुलीको महशुल नेपाल विधुत प्राधिकरण मौलापुर शाखालाई नगरपालिकाले बुझाएको हो ।

 

यस आर्थिक बर्षमा अहिले सम्म मौलापुरका स्थानीयबासीले खपत भएको बिजुली बापतको रकम बिधुत प्राधिकरणलाई एकमुष्ट रुपमा तिरी दिएको मौलापुर नगरपालिकाले जनाएको छ ।मौलापुर नगरपालिकाको नगर प्रमुख रिना साहका अनुसार यस आर्थिक बर्षमा खपत भएको बिजुलीको बिल बराबरको २ करोड ६६ लाख ८४ हजार ९ सय १० महशुल चेक मार्फत बिधुत प्राधिकरण मौलापुर शाखालाई बुझाईएको हो ।

नगर भित्रका हरेक नागरिकलाई निशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार बिधुत महसुल नगरपालिकाले नै तिरीदिएको छ । सो नगरपालिकामा नगरप्रमुखमा रिना साह निर्वाचित भए देखि नै नगर भरिकै सबैको बिधुत महसुल तिरिदिने नीतिगत निर्णय गरेको थियो ।मौलापुर नगरपालिकाले फ्री बिजुली फ्री पानी कार्यक्रम अन्तर्गत आज नेपाल बिधुत प्राधिकरण मौलापुर शाखालाई मौलापुर का स्थानियहरुले खपत गरेको महसुल बापत रकम तिरेको मौलापुर नगरपालिकाका कार्यालय प्रमुख रामबाबु साहले बताए ।

प्रतिक्रिया दिनुहोस