आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त

एपी खबर २०८० पौष ६, शुक्रबार (४ महिना अघि) २०२ पाठक संख्या

जनकपुरधाम : धनुषा हँसपुर वडा नं. ५ सुगा निकास स्थित ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानिय र प्रहरी बिचको झडपमा तिनजना घाइते भएका छन् । एक स्थानियको प्रहरी कुटाईबाट निधन भएपछि आक्रोसित स्थानियको भिड प्रहरी चौकी घेराउ गर्न पुगेपछि प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।

 

स्थानिय दिपा मण्डललाई विवादको घटनमा प्रकाउ गरि ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लाग्न गई निधन भएको स्थानियको आरोप छ । मण्डलको निधन भएपछि आक्रोसित स्थानियहरु शुक्रवार बिहानै प्रहरी चौकी घेराउ गर्न पुगेको बताइएको छ । घटना स्थल तनाव ग्रस्त रहेको र प्रहरी नायक उपरिक्षक नेतृत्वको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस