आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३६ किलो गाँजा बोकेको स्कार्पियो बारा प्रहरीको नियन्त्रणमा

एपी खबर २०८० पौष ६, शुक्रबार (४ महिना अघि) २९६ पाठक संख्या

बारा : बारा बाट प्रहरीले ३६ किलो लागुऔषध गाँजा बोकेको स्कारपियो नियन्त्रणमा लिएको छ। महेन्द्र राजमार्गअन्तर्गत जीतपुरसिमरा-१ पथलैया प्रहरीको नियमित चेकजाँचका क्रममा पथलैया सर्भिस लाईनमा पार्किङ गरि राखेको DL4CNB3681 नम्बरको स्कारपियो बाट बारा प्रहरीले शुक्रवार बिहान ३६ किलो गाजा बरामद गरेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए।

 

सर्भिसलाईनमा पार्किङ गरि राखेको उक्त भारतिय नम्बरको स्कार्पियो शंकास्पद लागे पछि प्रहरिले चेक जाच गर्दा गाडिको पछाडिको भागमा बक्सा बनाई बक्सा भित्र लुकाईछिपाई राखेको ३६ किलो गाजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस