आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनुषा : प्रहरीकाे गोली लागेर घाइते भएका १ जनालाई उपचारका लागि काठमाण्डौ ल्याइयाे

एपी खबर २०८० पौष ७, शनिबार (४ महिना अघि) १९२ पाठक संख्या

काठमाण्डाै – धनुषाको हंसपुरमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुईमध्ये एक जनालाई उपचारका लागि काठमाण्डौको प्रहरी अस्पताल ल्याइएको छ । प्रहरीकाे गाेली लागेर घाइते भएका अर्का व्यक्ति प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि डिस्चार्ज भएक छन् ।

 

यसअघि प्रहरी कार्यालयमा हिजो बिहीवार बेलुका भएको छलफलका क्रममा झडप हुँदा स्थानीय दीपनारायण मण्डलको टाउकोमा गम्भीर चोट लागेर उपचारका क्रममा ज्यान गएपछि स्थानीयवासीले आक्रोशित हुँदै प्रहरी कार्यालय तोडफोड गरेका थिए । स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि भिड नियन्त्रण गर्न गोली चलाउनु परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबीच प्रहरी कार्यालयमै झडप भएको थियो । स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाउँदा स्थानीय शिवसंकर मण्डलसहित दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस