आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनियन्त्रित भएर मोटरसाईकल ठोक्किदा बारामा २ जना युवकको मृत्यु

एपी खबर २०८० पौष ७, शनिबार (४ महिना अघि) १७४ पाठक संख्या

बारा : बारामा गएराति अनियन्त्रित भएर मोटरसाईकल ठोक्किदा २ जना युवकको मृत्यु भएको छ ।जिल्लाको प्रसौनी गाउँपालिका वडा न २ दुधौरा खोला पूलमा गएराति करिब १२ बजे कलैया बाट बिरगंज तर्फ जादै गरेको म.प्र.०३-०३०-प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पूलको साईडमा रहेको पिलरमा ठोक्किएर दुर्घटना हुदाँ २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

अनियन्त्रित भएर मोटरसाईकल पूलको पिलरमा ठोक्किदा कलैया उपमहानगरपालिका वडा न १३ का २२ बर्षिय युवक कुन्दन मेहता र कलैया उपमहानगरपालिका वादान १२ का अभिमनु कुशवाहाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शवलाई पोस्तम्यार्टमको लागि पथाईएको र घटना बारे ठप्प अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस